देशभर १२५ कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा १२३ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार हाल सक्रिय संक्रमितको संख्या १ हजार १ रहेको छ । ५१ जना क्वारेन्टाइनमा छन् ।  आज नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १६ पुगेको छ ।