साताको पहिलो दिन शेयर बजारमा हरियाली  

काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ ।

आइतबार शेयर बजार ६३.३८ अंकले बढेर २५३८.४६ अंकमा गएर रोकिएको छ । आज ५ अर्ब ९१ करोड भन्दा बढीको कारोबार भएको छ भने १ करोड २४ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएको छ ।

आज सबै उपसमूहका कारोबार बढेको छ । सबै भन्दा बढी लघुवित्त कम्पनीहरुको कारोबार बढेको छ । यस उपसहूहको कारोबार बढेको छ । यस उपसमूहको बारोबार ५.७ प्रतिशत कारोबार भएको छ । त्यस्तै,सबैभन्दा कम म्युचुअल फण्डको ०.१६ प्रतिशतले कारोबार बढेको छ ।

आइतवार नेपाल बंगलादेश बैंक, माथिल्लो तामाकोशी, शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स र ग्रीन लाइफ हाइड्रोपावरको सर्वाधिक कारोबार भइरहेको छ ।

कारोबारमा आएकामध्ये ३२ कम्पनीको मूल्य घट्दा ११० भन्दा धेरै कम्पनीको मूल्य बढेको नेप्से जनाएको छ । चन्द्रागिरी हिल्सको मूल्य आइतबार पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १४ सय रुपैयाँभन्दा माथि पुगेको छ ।