एकैदिन देशभर १५० कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार १९ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप ९९ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म २ लाख ७२ हजार २० जनाले कोरोना जितेका छन् ।

हाल एक हजार १७ जना आइशालेशन र ५१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ४० हजार ९९८ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।