मानव बेचबिखन मुद्दामा फरार अभियुक्त पक्राउ

काठमाडौँ । मानव बेचबिखन मुद्दामा फरार अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् ।

नेपालगंज उप–महानगरपालिका वडा नं.२१ का ३२ वर्षीय अमर क्षेत्री कार्कीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

कार्की २०७१ साल असार २८ गते २० वर्षीया युवतीलाई मिठाइ खान दिई बेहोस बनाइ भारतको बहराईचमा लगेर सोबाट भारतको लखनउ जाने भनी एक व्यक्तिलाई ५० हजार रुपैयाँमा बिक्री गरेको घटनामा संलग्न रही फरार रहेका थिए ।

उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।