बोझोले यस्तो यस्तो औषधीको काम गर्छ

— यसको जरालाई सुकाएर स–साना टुक्रा पारी मुखमा राखेर चुस्नाले बोली स्पष्ट नहुनेहरुको लागि राम्रो फाइदा गर्छ र स्वर मिठो बनाउँछ ।

—गला बसेको, खोकी लागेको मानिसलाई ठिक गर्दछ ।

—सुकेको बोझोलाई कुटेर धुलो पारी दुई तीन चम्चा धुलोलाई थोरै मह मिलाएर दिनको दुईपटक सेवन गर्नाले हिस्टेरिया, पागलपन, वातरोग आदिजस्ता स्मरणशक्तिको विकास गर्छ ।