एकैदिन देशभर १८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा मंगलबार थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको छ ।

यस्तै, थप ७७ जना संक्रमित निको भएका छन् भने हालसम्म निको हुनेको संख्या दुई लाख ७२ हजार ९७ पुगेको छ । गत २४ घण्टामा कुनै कोरोना संक्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा तीन हजार १९ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ ।

हाल सक्रिया संक्रमितको संख्या ११ सय २८ र ४८ जना क्वारेन्टाइनमा रहेका छन् भने हालसम्म २२ लाख ४५ हजार ३० वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।