बुधबार सेयर बजार हरियाली

काठमाडौं । बुधबार सेयर बजार बढेर हरियाली देखिएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक ४१ दमलव ३० अंकले बढेर २ हजार ५ सय ७० दशमलव २५ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । मंगलबार ६ अर्ब पनि पुग्न नसकेको सेयर कारोबार रकम बुधबार ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९ सय ४१ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने हाइड्रोपावर बाहेकका सबै समूह बढेका छन् । हाइड्रो भने १४ दशमलव ९५ अंकले घटेको छ ।