यस्तो छ आजको मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ८० पैसा र बिक्रीदर ११६ रुपैयाँ ४० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।