एकैदिन देशभर १ सय ५६ कोरोना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४ सय १६ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको छ।

यसैगरी गत २४ घण्टामा ७० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार २४ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हाल १ हजार २ सय ९९ जना सक्रिय संक्रमित छन्।