धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ ।

उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

दोलखाको विगू गाउँपालिका निवासी ती पुरुष निमोनियाको लक्षण देखिएपछि उपचारार्थ बुधबार राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल भर्ना भएको र उनको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।