लागुऔषधसहित एक व्यक्ति पक्राउ

पाल्पा । पाल्पाको तिनाउमा आइतबार लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् ।

 तिनाउ गाउँपालिका–३ पैठेडाँडा सिद्धार्थ राजमार्गमा सवारी साधन तथा शङ्कास्पद नागरिकलाई जाँच गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ आउँदै गरेका पैदलयात्रीलाई खानतलासी गर्दा लागुऔषध फेला परेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–९ राउतडाँडाका २५ वर्षीय सुमन गाहाको शरीर खानतलासी गर्दा फेनेरागन ७० वटा, नुफिन ३३ वटा (दुई दशमलव पाँच एमएलको सिसी) र सिरिन्ज दुई थान बरामद गरी गाहालाई नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।