कसका बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ? : भुसाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव धनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाउँदै स्पष्टीकरणको जवाफ दिएका छन् । 

पार्टी अध्यक्ष ओलीले नै पार्टी विभाजन गर्न खोजेको भन्दै उनले प्रश्न गरेका छन्, ‘कसका बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ रु’

 

ओली पक्षीय नेताहरु मात्र उपस्थित रहेको ७ चैतको केन्द्रीय कमिटी बैठकले भुसालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो । उनीहरुमध्ये जवाफ दिएका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई अध्यक्ष ओलीले सोमबार मात्र ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बन गरेका छन् । भुसाल र पाण्डेलाई भने २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएका थिए ।

 

 

मंलबार पार्टी अध्यक्ष ओलीलाई जवाफ पठाएका भुसालले आफूहरुलाई सोधिएको स्पष्टीकरणलाई कंगारु अदालत नक्कली प्रक्रिया र प्रमाणका आधारमा सुनियोजित रुपमा लक्षित तथाकथित प्रक्रियाको संज्ञा दिएका छन् । यसको जवाफ दिन आवश्यक नभएको, तर आरोप कति पूर्वाग्रही छन् र कति झूठा छन् भनेर जानकारी दिन पत्र लेखेको उनले बताएका छन् ।