आज सुनको मूल्यमा गिरावट

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

सोमबारको तुलनामा ५०० रूपैयाँले घटेर आज मंगलबार ‍छापावाला सुन प्रतितोला ८६ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८५ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला १० रूपैयाँ घटेर १२१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।