सामाजिक सुरक्षा भत्ता बढ्ने प्रधानमन्त्रीको उद्घोष

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन् ।

रिपोर्टस क्लबको वार्षिकोउत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘हामी साउन १ गतेदेखि वृद्धभत्तालगायत सामाजिक सुरक्षा भत्ता बढाउँछौँ । यो सुन्दा मान्छेहरूलाई अर्को छटपटी भयो होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’

उनले आफूले देश विकासको लहर ल्याएकाले हटाउन खोजेको आरोप लगाए । ‘देश संकटमा पर्‍यो रे ? कहाँ पर्‍यो देश संकटमा ? कहाँ पर्‍यो संघीयतामाथि संकट ?’ उनको प्रश्न थियो । नेपाललाई समृद्ध बनाउने अभियानमा आफूहरू लागिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।