शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता

प्रचण्ड डा.बाबुराम भट्टराईलाई भेट्न पुगेका थिए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

बूढानीलकण्ठमा पुगेर देउवालाई दाहालले भेट गरेका हुन् ।  भेटको पुष्टि गर्दै देउवाका स्वकीय सचिव भानु देउवाले कुराकानीका बारेमा केही बताएनन् । 

“खास प्रस्ताव केही रहेनछ, समसामयिक विषयमा कुराकानी भयो,” भानु देउवाले भने ।  दुई नेताबीच आधाघण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । त्यसलगत्तै प्रचण्ड डा.बाबुराम भट्टराईलाई भेट्न पुगेका थिए ।