एकैदिन भारतमा थप ५३ हजार १५८ जनामा संक्रमण पृष्टि

एजेन्सी । भारतमा थप ५३ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

मंगलबारको तुलनामा संक्रमितको यो संख्या करिव ३ हजारले कम हो ।  यसअघि गत सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २१ लाख ४८ हजार ४८७ पुगेको छ ।  यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १४ लाख ३२ हजार ५२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ५३ हजार ९३३ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ५०२ पुगेको छ ।  पछिल्लो २४ घण्टामा त्यहाँ थप ३५५ जनाको मृत्यु भएको छ ।