आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ ।  यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।