एकैदिन देशभर १५२ कोरोना संक्रमित थपिए,एक जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १५२ जना कोरोना संक्रमित थपिएका छन्। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ।

हाल देशभर १ हजार ५ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै आज कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३१ पुगेको छ।