‘दादासाहेब फाल्के अवार्ड’ बाट सम्मानित हुँदै जनीकान्त

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तलाई ‘डाडासाहेक फाल्के अवार्ड’ २०१९ बाट सम्मानित गरिने भएको छ । सूचना र प्रसारण मन्त्री प्रकाश जावेदकरले बिहीबार यसबारे जानकारी दिएका हुन् ।

यो खबर बाहिरिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै बधाई दिएका छन् । उनी लेख्छन्, “थालाइवालाई (चलचित्र) दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित गर्नु अन्यन्तै खुशीको कुरा हो ।”

त्यस्तै तमिलनाडुका मुख्यमन्त्री पलानी स्वामीले रजन्तीकातलाई फोनमार्फत बधाई दिएका छन् ।

अभिनेता रजनीकान्तले पनि ट्विटमार्फत नै प्रधानमन्त्री मोदी, सूचना मन्त्री जावेदकर र पूरै जुरीलाई धन्यवाद दिएका छन् ।

अभिनेता रजनिकान्त लेख्छन्, “म इमान्दारीतका साथ, मेरो यात्राको हिस्सा भइदिनुभएका सबैप्रति यो पुरस्कार समर्पित गर्न चाहान्छु ।”

अभिनेता रजनिकान्त पछिल्लो पाँच दशकदेखि चलचित्रमा निरन्तर सक्रियरुपमा लागिरहेका छन् । अभिनेता रजनिकान्त पद्म भूषण र पद्म विभूषणबाट पनि सम्मानित भइसकेका छन् ।

उनको जन्म सन् १९५० मा कर्नाटकको मराठा परिवारमा भएको थियो । बस सहचालकको रुपमा काम गर्न सुरु गरेका अभिनेता भारतमा सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने अभिनेतामा पर्दछन् ।