एकैदिन देशभर १७९ कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ६४७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

आज प्रदेश १ मा ८ जना, प्रदेश २ मा २ जना, वाग्मती प्रदेशमा ११९ जना, गण्डकीमा २७ जना, लुम्बिनीमा ११ जना र सुदूरपश्चिममा १२ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार सोही अवधिमा १११ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ९६२ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण हालसम्म ३ हजार ३१ जनाको मृत्यु भइसकेको छ।