आमा बन्दै प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्की गर्भवती भएकी छन् ।

उनले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा पति आयुषमान देशराज जोशीसँग बेबी बम्पवाला तस्वीर राख्दै आफू गर्भवती बनेको उल्लेख गरेकी छन् ।

उनले फेसबुकमा राखेको श्यामस्वेत तस्वीरमा आयुषमानले प्रियंकाको उठेको पेट समातेका छन् । उनले ‘यू कान्ट स्टप आस्किङ नाउ, एस, वी आर प्रेग्नेन्ट, थ्यांकयू युनिभर्स’ क्याप्सन लेखेकी छन् ।

यो जोडीले २०७६ को फागुन १५ मा विवाह गरेका थिए । यो विवाह अघि २०७५ असारमा उनीहरुले इन्गेजमेन्ट गरेका थिए ।