आजदेखि विद्यालय सञ्चालन हुँदै

काठमाडौँ । वायु प्रदूषण कम भएपछि आजदेखि सबै विद्यालय सञ्चालन हुँदैछन् ।

वायु प्रदूषण बढेपछि सरकारले यही चैत १७ गतेदेखि देशैभरिका विद्यालय चार दिनसम्म बन्द गराएको थियो ।

वायु प्रदूषणले विद्यार्थीमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न निर्देशन दिएको थियो।

सरकारले विद्यालय बन्द गर्ने निर्णय गरे पनि उपत्यका बाहिरका कतिपय जिल्लामा भने विद्यालय नियमित सञ्चालन भएका थिए ।

सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भोलिपल्टै काठमाडौँ उपत्यकासहित देशभरका केही स्थानमा वर्षा भएको तथा कतिपय ठाउँको डढेलो नियन्त्रणमा आएपछि प्रदूषण कम भएको वातावरण विभागले जनाएको छ ।