लागुऔषधसहिद दुई जना पक्राउ

काठमाडौँ । ग्यासको सिलिण्डरभित्र लुकाएर लागुऔषध ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं. ५ फर्पिङ्ग चेक पोष्टमा खटिएको प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

विरगंजबाट काठमाडौ आउँदै गरेको बा ३७ प ७१३७ मोटरसाइकल चेक जाँच गर्दा उनीहरुले बोकेको जेव्रा झोला भित्र ग्यासको सिलिण्डर राखी उक्त सिलिण्डरभित्र लागुऔषध लुकाएर ल्याएको पाइएको प्रहरीले जनाएको छ ।

फेनरागन, डाईजपाम र निर्फिन नामक लागुऔषध बरामक गरेको प्रहरीले जनाएको छ ।