करेन्ट लागेर एक युवकको मृत्यु

पोखरा । पोखरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मंगलबार पोखरा ३३ बागमारास्थित ग्लोबल प्लास्टिक उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका २३ वर्षीय विशाल रायमाझीको उपचारका क्रममा मृत्यु भएको हो ।

उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका रायमाझीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।