भारतमा एकैदिन १ लाख २६ हजार संक्रमित थपिए

एजेन्सी । भारतमा थप ‍१ लाख २६ हजार ३१५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत ९बुधबार० चैत्र २५ मा भारतमा दोस्रो धेरै १ लाख १५ हजार २६९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १८ लाख ४८ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार २६१ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ६८४ जनाको मृत्यु भएको छ ।