भारतमा एकैदिन थपिए १ लाख ३१ हजार बढी संक्रमित

एजेन्सी । भारतमा थप ‍१ लाख ३१ हजार ८९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि विहीबार चैत्र २६ मा भारतमा दोस्रो धेरै १ लाख २६ हजार ३१५ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३० लाख ७५ हजार ९५४ पुगेको छ ।  यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १९ लाख १० हजार ७४१ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ७९ हजार ५१९ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८०२ जनाको मृत्यु भएको छ ।