प्रिमियर लिगमा लिड्स युनाइटेडको २-१ गोलले जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी लिड्स युनाइटेडसँग पराजित भएको छ ।

शनिबार भएको खेलमा सिटी लिड्ससँग २-१ गोलले पराजित भएको हो ।  घरेलु मैदानमा सिटी १० खेलाडीमा समेटिएको लिड्ससँग पराजित भएको हो ।

खेलको ४२औँ मिनेटमा स्टुवार्ट डालसले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए ।  पहिलो हाफको इन्जुरी समयमा लियाम कोपेरले रातो कार्ड पाएपछि लिड्स १० खेलाडीमा समेटियो ।

खेलको ७६औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्जुरी समयमा डालसले व्यक्तिगत दोस्रो गोल गर्दै लिड्सलाई २-१ को जित सुनिश्चित गराए । जितसँगै लिड्स ३१ खेलमा ४५ अंकसहित १०औँ स्थानमा रहेको छ । सिटी ३२ खेलमा ७४ अंक जोडेर शीर्ष स्थानमा छ ।