सावधानी भएन भने फेरि लकडाउन हुँदैन भन्ने के ग्यारेन्टी छ र ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सावधानी नअपनाए फेरि पनि लकडाउन हुन सक्ने संकेत गरेका छन् ।

काठमाडौंमा शनिबार भएको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

अब पनि कोभिडलाई सावधानी पुर्वक सामना गर्नुबाहेक अरु उपाय प्रभावकारी नभएको बताउँदै प्रधानमन्त्री ओलीले थपे, “सावधानी भएन भने फेरि लकडाउनमा पुग्दैनौ भन्ने के ग्यारेन्टी ? ”

छिमेकी मुुलुक भारतमा एकैदिन डेढ लाख जनामा कोरोना संक्रमण भएको उल्लेख गर्दै आफ्ना उद्योग व्यवयाय अनुशासित ढंगले चलाउन पनि आग्रह गरे ।