आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ ४० पैसा रहेको छ ।  यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १६५ रुपैयाँ ५३ पैसा रहेको छ ।  कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।