ट्याक्टरको ठक्करबाट सर्लाहीमा दुई जनाको मृत्यु

जनकपुरधाम । सर्लाहीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो बागमती नगरपालिका–८ गाजली चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ज १ त १५७४ नम्बरको ट्याक्टरले बीआर ३० एम ३४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका वडा नम्बर १५ पिप्राभित्ताका ५० बर्षीय भिखारी साह र पछाडि सवार भारतीय नागरिक ४२ बर्षीय प्रकाश सहनीको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

उनका अनुसार ठक्करले गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा लग्ने क्रममा बाटोमै मृत्यु भएको छ ।

ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ भने फरार भएका त्यसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।