आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ ४० पैसा रहेको छ ।  यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४३ रुपैयाँ १७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६५ रुपैयाँ १८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।