काठमाडौंको वीर अस्पतालमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौंको वीर अस्पतालमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

अस्पतालको चौथो तलामा रहेको कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागमा बुधबार दिउँसो आगलागी भएको थियो । आगो त्यसको केहीबेरमै नियन्त्रणमा लिइएको छ ।

विद्युतको सर्ट भएर उक्त विभागको सोफाबाट आगो सल्किएको थियो।