अल्बर्ट आइन्सटाइनको एक प्रेरक प्रसङ्ग

आइन्सटाइनको सापेक्षवादको सिद्धान्त प्रकाशित भएपछि उनलाई कसैले प्रश्न गर्‍यो— तपाईंको सापेक्षतावादको सिद्धान्त त प्रकाशित भयो । तर, यसप्रति जनप्रतिक्रिया कस्तो रहला भन्ने सोच्नुभएको छ ?

ध्यान दिएर प्रश्न सुनिरहेका आइन्सटाइनले तुरुन्तै जवाफ दिए— मेरो यो सिद्धान्त सफल भएमा जर्मनीले म जर्मन हुँ भनेर र स्विसले म स्वीस नागरिक हुँ भनेर दाबी गर्नेछ ।

यदि मेरो यो सापेक्षवादको सिद्धान्त असफल भयो भने स्विसले म जर्मन हुँ र जर्मनले यहुदी हुँ भनेर टिप्पणी गर्नेछ ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट