काठमाडौँ उपत्यकामा ४३५ सहिद देशभर १०९६ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १०१५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको हो ।

५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए ।  मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ । यसैगरी २४ घण्टामा २६२ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३०० पुगेको छ । निको हुनेको दर ९६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ८३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।