नबराज घोरासैनीको आवाजमा ‘चन्द्र कुमारी’ सार्वजनिक

काठमाडौं । ‘चन्द्र कुमारी’ बोलको गीतको भिडियोसहित बजारमा आएको छ । गीतमा स्वर गायक नबराज घोरासैनी,नबिन ढुंगेल,मंजु गौतम र मनिषा घोरासैनीको रहेको छ ।

गीतमा नबराज घोरासैनीको शब्द,नबिन ढुंगेलको संगीत र कमल सौरागले संगीत संयोजन रहेको छ ।

सन्तोष राजबाहकको कोरीयोग्राफी रहेको भिडियोलाइ राज के.सीले निर्देशन गरेका छन भने बिक्रम नेपाली र पूजा नाथको अभियनय रहेको छ ।

भिडियोलाइ राम कुमार के.सी.ले छायांकन गरेका छन भने टेकेन्द्र शाहले सम्पादन र कलर गरेका छन । उक्त भिडियो Nabaraj Ghorasaini अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ।

भिडियो हेर्नुहोस :