भारतमा एकैदिन २ लाख ७५ हजारमा कोरोना संक्रमण

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार ३०६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि ९आइतबार० वैशाख ५ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै २ लाख ६० हजार ७७८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ५० लाख ५७ हजार ७६७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २९ लाख ४८ हजार ८४८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १९ लाख ३० हजार १२६ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७८ हजार ७९३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १६२५ जनाको मृत्यु भएको छ ।