वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको परिवारका पाँच सदस्यमा कोरोना संक्रमण

काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको परिवारका पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कलाकार श्रेष्ठले फेसबुक पेजमा लेख्दै आफू, छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।  उनले संक्रमण भइसकेपछि निकै सास्ती हुने भन्दै खेलाँची नगर्न अपिल पनि गरेका छन्।

‘म लगायत मेरा छोरा, छोरी बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ। भइसकेपछि सास्ती चाहिँ हुने रहेछ।’ उनले लेखेका छन्, ‘त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला। जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला।’