भारतका पूर्वप्रधानमन्त्री सिंह कोरोना भाइरसबाट सङ्क्रमित

नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता समेत रहेका सिंहलाई ‘अल इन्डीया इन्स्टीच्युड अफ मेडिकल साइन्सेस’ (एआइआइएमएस) मा भर्ना गरिएको छ ।

उनलाई शङ्का लागेर कोरोना परीक्षण गरिएकोमा सोमबार सङ्क्रमण भएको पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् ।

“पूर्वप्रधानमन्त्री डा।मनमोहन सिंहलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ, त्यसैले उनलाई थप उपचारका लागि ‘एम्सको ट्रमा सेन्टर’मा भर्ना गरिएको छ,” एम्सद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकको सूचीमा भारत दोस्रो अग्रपङ्क्तिमा रहेको छ ।