एकैदिन देशभर १७३६ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १६६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

८ हजार ५५ जनाको पीसीआर र ६८३ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए ।

यसैगरी काठमाडौँ ५५०, ललितपुर १०५ र भक्तपुरमा ३५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।

यसैगरी २४ घण्टामा २५१ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ । निको हुनेको दर ९५।९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १०२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।