‘सिंघम’ अभिनेता किशोरको कोरोना संक्रमणका कारण निधन

मुम्बई । मराठी र हिन्दी फिल्मका अभिनेता किशोर नान्दलसकरको मंगलबार दिउँसो निधन भएको छ । दुई साता अघि ठाणेको कोभिड सेन्टरमा भर्ना भएका उनको कोरोना संक्रमणका कारण निधन भएको हो ।

एबीपी लाइभमा प्रकाशित समाचार अनुसार उनले फिल्म ‘इना मीना डिका’बाट फिल्मी करियर शुरुवात गरेका थिए । उनले अभिनय करियरमा झण्डै ३० फिल्ममा काम गरे ।

उनले फिल्म ‘वास्तव’, ‘सिम्बा’, ‘जिस देश मे गंगा रहता है’, ‘खाकी’ र ‘सिंघम’ जस्ता फिल्ममा अभिनय गरेका थिए । उनी ८१ वर्षका थिए ।

उनले सन् १९८९ मा मराठी फिल्म ‘इना मीना डीका’बाट ठूलो पर्दाको अभिनय सुरुवात गरेका थिए ।