मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

झापा । झापाको मेचिनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–८ मेचे टोलमा मे ५ प ९६६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु ६० वर्षीया बाङ्ठु भनिने झुलु मेचेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा पुर्‍याएकोमा चिकित्सकले बिहीबार राति ८ः२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।