भोलिदेखि हुने परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।