आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  त्यस्तै अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ २३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५५ पैसा रहेको छ ।

अस्ट्रेलियन लडर एकको खरिददर ९२ रुपैयाँ र बिक्रीदर ९२ रुपैयाँ ४६ पैसा कायम भएको छ । क्यानाडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

जापानिज ऐन १० को खरिददर १० रुपैयाँ ८४ पैसा बिक्री दर १० रुपैयाँ ९० पैसा कायम भएको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा कायम भएको छ ।