एकैदिन देशभर ५,७२७ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमितमध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना भाइरस संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेका छन् ।

कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या तीन हजार २४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९२८ रहेको छ ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए रु

यस्तै काठमाडौंमा सबैभन्दा धेरै २ हजार ४०४ जना, ललितपुरमा ४१९ जना र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै रुपन्देही ४७३ जना, बाँकेमा ४२२ जना, ललितपुरमा ४१९ जना, दाङमा २५२ जना, मोरङमा १६१ जना, पर्सामा १५३ जना, चितवनमा १११ जना कोरोना स्क्रमित थपिएका छन् ।

यस्तै सुर्खेतमा ९७ जना, झापामा ७७ जना, काभ्रेपलाञ्चोकमा ६९ जना, सुनसरीमा ५८ जना, धनुषामा ५२ जना र बर्दियामा ५० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै नवलपरासी पश्चिम र कञ्‍चनपुरमा ४६र४६ जना, रोल्पामा ४४ जना, बारा र पाल्पामा ४३र४३ जना, कैलालीमा ४१ जना, मकवानपुरमा ३८ जना, नवलपरासी पूर्वमा ३६ जना, सिन्धुपाल्चोक र अर्घाखाँचीमा २८र२८ जना, कपिलवस्तुमा २७ जना, गोरखामा २० जना, सर्लाहीमा १९ जना, दैलेखमा १७ जना, रौतहट र बैतडीमा १६र१६ जना, रामेछाप, गुल्मी र अछामान १४र१४ जना, कोरोना संक्रमित भेटिएका छन् ।

यसैगरी सिरहा, धादिङ, नुवाकोट र डडेलधुरामा १३र१३ जना, दोलखा ११ जना, प्युठान र सल्यानमा १०र१० जना, महोत्तरीमा ९ जना, कास्कीमा ८ जना, ओखलढुंगा, भोजपुर, सिन्धुली र स्याङजामा ६र६ जना, तनहुँ र रूकुम पश्‍चिममा ५र५ जना, इलाम र खोटाङ र सप्तरी ४र४ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै उदयपुर र बाजुरामा ३र३ जना, लमजुङ, बागलुङ, रूकुम पूर्व, जाजरकोट, जुम्ला, हुम्ला, डोटी र दार्चुलामा २र२ जना र ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, पर्वत म्‍याग्दी र कालिकोट मा १र१ जना कोरोना संक्रमण थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भउको छ भने १० देखि १९ वर्ष मुनिका ३६७ बालबालिका कोरोना पोजिटिभ देखिएका छन् ।