दिल्लीमा फेरि एकसाता लकडाउन थपियो

दिल्ली । भारतको राजधानी दिल्लीमा लगाइएको लकडाउन एकसाता लम्बाइएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटमार्फत यस्तो जानकारी दिएका हुन् ।

कोरोनाबाट प्रभावित मध्ये एक भारतीय सहर दिल्लीमा पछिल्लो समय संक्रमित र मृतकको संख्या दुबैमा वृद्धि भइरहेको छ ।

दिल्लीमा जारी लकडाउनको अवधि आगामी सोमबार बिहान सकिँदै थियो । मुख्यमन्त्री केजरोवालले एक साता लकडाउनको अवधि बढाउने निर्णय लिएको यो दोस्रो पटक हो । पछिल्लो समय दिल्लीमा दैनिक २५ हजारभन्दा बढी कोरोनाको नयाँ संक्रमित थपिँदै आएका छन् ।

दिल्लीमा पछिल्लो २४ घण्टामा ३ सय ७५ जनाको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ । शनिबार मात्रै एक अस्पतालमा अक्सिजनको अभावमा १२ जना संक्रमितले ज्यान गुमाएका छन् ।