पर्यटन मन्त्री ढकाल र पत्नीलाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र पत्नी इन्दिरा फूयाँललाई कोरोना संक्रमण भएको छ ।

आइतबार गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको र उनीहरु अहिले मन्त्री निवासमै रहेको ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए ।

यसअघि खानेपानीमन्त्री मणि थापा, उर्जामन्त्री टोपबहादुर रायमाझीलाई समेत कोरोना संक्रमण भएको थियो ।