बाँकेमा एक हप्ता निषेधाज्ञा थप गरिने

काठमाडौँ । बाँकेमा जारी निषेधाज्ञाको अवधि एक साता बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म पुर्‍याएको हो ।

यसअघि प्रशासनले वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो ।

कोरोना संक्रमण तीव्रगतिमा फैलिइरहेको भन्‍दै संक्रमण फैलावट तोड्न (चेन ब्रेक) गर्न १३ गते रातिदेखि निषेधाज्ञा गरिएकोमा संक्रमण दरमा अझै कमी नआएकाले निषेधाज्ञा बढाइएको जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना संक्रमण देखिएपछि सुरूमा स्थानीय प्रशासन नेपालगञ्ज उप–महानगरपालिकाले वैशाख ९ गतेदेखि १५ गते रातिसम्मका लागि उपमहानगरभित्रै निषेधाज्ञा लगाएको थियो । पछि कोरोना संक्रमण बढ्न थालेपछि १३ गते रातिदेखि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनले जारी गरेको सूचना :