उपत्यका कोरोना अपडेट : एकैदिन ३८ सय ९३ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३८ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा २७ सय ७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ जनामा गरी कुल ३८ सय ९३ जना थपिएको जानकारी दिएका हुन् ।