यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा वर्षा भएको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा गण्डकी प्रदेश, प्रदेश नं १ का केही स्थानहरुमा साथै वाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित वर्षा भइरहेको उल्लेख छ ।

आज दिउँसो गण्डकी र प्रदेश १ मा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी र प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

वैशाख २३ गते (बिहीबार)

दिउँसो: देशका पहाडी भू-भागकाधेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वैशाख २४ गते (शुक्रबार)

दिउँसो: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति : देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वैशाख २५ गते (शनिबार)

दिउँसो: देशभर सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ । देशका प्रदेश नं १ का केही तथा बाँकी पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।