पाटापुरदेखि रुपाल जोड्ने मदन भण्डारी राजमार्गको शिलान्यास

झापा । इलाम र झापा जिल्लाको सीमा क्षेत्र पाटापुर देखि डडेल्धुराको रुपालसम्म चुरे—पहाड हुँदै संचालन हुने मदन भण्डारी राजमार्गको आज शिलान्यास भएको छ ।

मदन भण्डारी राजमार्ग उपभोक्ता सरोकार समिति नेपालका अध्यक्ष वृहस्पति खतिवडाले एक कार्यक्रममा शिलान्यास गरेका हुन् ।

१२३६ किलोमिटर लम्बाई रहेको राष्ट्रिय गौरबको यस राजमर्गको विभिन्न सडकखण्ड गरी करबि ४०० किलोमिटर निर्माण सम्पन्न भईसकेको छ भने आज शिलान्याश भएको सडक खण्ड भने मेची राजमार्गको हापेन चोकदेखि पाटापुरसम्मको हो ।

एपभोक्त समितिका अध्यक्ष खतिवडाले विगत १० वर्ष भन्दा वढी समयदेखि सो राजमार्गको विषयमा सरोकारवाला विभिन्न निकायहरुसँग विभिन्न चरणमा समन्वय गर्दै आएका हुन् भने यस समितिको सचिवमा रहेर रमेश वस्नेतले पनि उतिकै दिएको स्थानीय जानकारहरु वताउँछन् ।

२ अर्ब ९० करोड लागतमा निर्माण हुने उक्त सडक खण्ड निर्माणको जिम्मा श्रेष्ठ एण्ड मोतिलाल जेभीले पाएको छ ।

उद्घाटन कार्यक्रममा खतिवडाले निर्माण व्यवसायीको कार्यप्रति अनुगमन गर्ने, हाम्रै सम्पत्तिमा राष्ट्रिय गौरवको आयोजना भएकोले यसको गुणस्तरीयतामा कुनै कसुर बाँकी राख्न नहुने बताए । खतिवडाले थपे, ‘उपभोक्ता समितिले यतिमात्र नभएर यहि बाटो भएर भारतको लुहागढसम्म जोड्ने पुलको लागि समन्वय गर्नुपर्छ र उक्त स्थानमा पुल हालिसकेपछि चुरे क्षेत्रमा उत्पादन हुने वस्तुलाई निर्यात गर्न अझ सहज हुने र आयत गर्नुपर्ने कुरामा पनि लागत घट्ने हुँदा उक्त पुलको निर्माणपछि मात्र समितिको काम सकिन्छ ।’

कार्यक्रममा स्थानीय पालिका सो क्षेत्रमा पर्ने तीन वटै वडाका वडाअध्यक्ष, नागरिक समाजलगायतको उपस्थिति रहेको थियो ।